
पर्सा, २ मंसिर । पर्सा प्रहरी कार्यालयले वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जनालाई पक्राउ गरेको छ ।
गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली मतपत्र र दुई सय ५० थान स्वस्तिक छाप बरामद गरेको हा े । उनीहरुबाट नगद दुई लाख ५० हजार पनि फेला परेको छ ।
पक्राउ पर्नेमा बाराको कलैया महानगरपालिका वडा नम्बर १८ को वर्ष २३ को अमिरी राउत कुर्मी र वीरगञ्ज नगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ३३ को राजन सिंह रहेको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरेको नक्कली मतपत्र तथा स्वस्तिक छाप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइसकेको छ । यसबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे