
धादिङ, १७ फागुन । धुनिवेशी नगरपालिका-६ नौविसेबाट सालकको खपटा ५ किलो ३ ग्राम र जिउँदो हुचिल १ थानसहित थाक्रे गाउँपालिका-५ नयाँगाउँ बस्ने ४७ वर्षीय बिनोद लामा समेत दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङबाट खटिएको प्रहरीले हाप्सेचौरबाट नौविसेतर्फ आउँदै गरेका उनीहरूलाई बोराभित्र लुकाई ल्याएको खपटा र कार्टुनभित्र लुकाई ल्याएको हुचिलसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे