
काठमाडौँ , २६ पुस ।।अमेरिकाको भर्जिनिया च्याान्टिलीस्थित एक होटेल बाहिर रहेको पोखरीमा डुबेर बिहीबार बिहान दुई जना नेपालीको दुःखद निधन भएको छ । हुनेमा बुटवल स्थायी घर भई भर्जिनियाको च्यान्टिली बस्ने ५५ वर्षीय कर्णबहादुर खड्का र काठमाडौँका २१ वर्षीय निश्चल भट्ट रहेका छन् ।
भट्ट विद्यार्थी भिसामा छ महिना अघि मात्र अमेरिका आएका थिए । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको हो । उनीहरू खसेको १० मिनेटभित्रै प्रहरीसहितको उद्धार टोली आएर सो गाडी पोखरीबाट निकाले पनि उनीहरुले चलाएको गाडी पोखरीभित्र खसेपछि निस्कन नसकेका कारण उनीहरूको निधन भएको प्रहरीको भनाइ छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे