
काठमाडौँ , मङ्सिर २० । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । र्सिह एण्ड ब्रदर्स निर्माण सेवा प्रालीको प्रदेश ३–०१–०२३च ४७१९ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका १० नुवागाउँ नजिकको मोडमा दुर्घटना भएको हो । जिप सडकबाट करिब सात सय मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा गाडि चालक कैलाली घर भई भएका २५ वर्षीय मनोज केसी र जुम्ला घर भई हाल भेरी नगरपालिका ७ स्याउली बजार बस्ने २२ वर्षीय मिथुन हमाल रहेको प्रहरीले जनाएको छ । यसैगरी, दाङको घोराही उपमहानगरपालिका ८ घर भएका २३ वर्षीय कमल चौधरी दुर्घटनामा परी घाइते भएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे