
कैलाली । प्रहरीले स्रोत नखुलेको २८ लाख ३४० रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी, पलियाका २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता छन्।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरू युपी ३१ सिएन ११७५ नम्बरको कारमा सवार थिए। हाल दुवैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे