२८ असार काठमाडौँ |मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा लागुऔषधसहित सोमबार बेलुका प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मेचीनगर–१० का ३१ वर्षीय प्रदीप आलेमगर र मेचीनगर–८ का २० वर्षीय प्रशन्न राजवंशीको साथबाट १३ ग्राम लागुऔषध बरामद गरको छ ।
प्रहरीको जाँचबाट उनीहरुबाट लागुऔषध बरामद गरेको हो । उनीहरूको साथबाट मोबाइल दुई थान र नगद रु तीन हजार प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा का अनुसार थप अनुसन्धान भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे