काठमान्डौ | मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका-१ का ४४ बर्षीय भानु याङदेनलाई सोमबार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो ।
यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान – ११ का ३८ बर्षीय राजु घिमिरेलाई बिभिन्न किसिमका लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको छ । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक -२० एम्पुल, एभिल-२० एम्पुल, डाईजेल्याब-२० एम्पुल र फेनरागन-२० एम्पुल बरामद गरेको थियो ।
यसरी लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे