
काठमाडौं । माछापोखरीमा गलामा लगाएको सुनको सिक्री लुट्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलाको २ तोला २५ लालको सुनको सिक्री लुटपाटमा संलग्न दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८ जरङ्खुका २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्।
शनिबार साँझ लुटपाट गरेपछि खोजीका क्रममा राति १२स्३२ बजे माछापोखरीबाटै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट लुटिएको सिक्री र दुई थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे