
काठमाडौँ । सप्तरीमा प्रहरीले २०० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमा बडिविरपुर–१ का विशाल राय र डाक्नेश्वरी–७ का मनोज राय रहेका छन्।
इलाका प्रहरी कार्यालय राजविराजका अनुसार उनीहरूलाई नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरीका एसएसपी कृष्ण कोइरालाले पक्राउ परेकाहरूको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद गरिएको पुष्टि गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे