
काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाइदिने भन्दै ११ करोड रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोरङको रतुवामाई नगरपालिका–१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ का ४७ वर्षीय अरुणराज शर्मालाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक तथा कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार, उनीहरूलाई आइतबार काठमाडौँ महानगरपालिका–३२ स्थित नरेफाँटबाट पक्राउ गरिएको हो। पराजुली र शर्माले युके पठाउने बहानामा ३८ जनाबाट कुल ११ करोड ६ लाख ९७ हजार रुपैयाँ असुलेको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे