
काठमाडौँ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। आईपीओका लागि आज (असार १८ गते)देखि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट गत वैशाख १५ गते स्वीकृति प्राप्त गरेअनुसार कम्पनीले कुल ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन गर्ने भएको हो। तीमध्ये सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता शेयर छुट्याइएको छ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, आयोजना प्रभावित र अति प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता शेयर जेठ ६ देखि २० गतेसम्म बिक्री गरिएको थियो।
अति प्रभावित क्षेत्रका रूपमा गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ४ र ५ का स्थायी बासिन्दाका लागि ३ लाख ६३ हजार ६४० कित्ता
प्रभावित क्षेत्र अन्तर्गत वडा नं. १, २, ३, ६ र ७ का बासिन्दाका लागि ५ लाख ४५ हजार ४६१ कित्ता शेयर आरक्षित गरिएको थियो।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त ‘आस्बा’ सदस्य बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखाहरूबाट वा अनलाइन प्लेटफर्म ‘मेरो शेयर’ मार्फत दिन सकिन्छ।
आईपीओमा छिटोमा असार २२ गते र ढिलोमा असार ३२ गतेसम्म आवेदन दिन सकिनेछ। यस निष्कासनको बिक्री व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे