
काठमाडौँ, चैत ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीको विषयमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन र बदनाम गर्न खोजेको बताएका छन्। ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेलाई फसाउने खेलमा लागेको आरोप लगाएका छन् ।
कांग्रेसले गृहमन्त्री रवि लामिछाने अनियमिततामा मुछिएको भन्दै प्रधानमन्त्रीको जवाफ मागेको छ । मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने , ‘उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने नेपालमा सवै मन्त्री खाली हुन्छन्, सांसद खाली हुन्छ, सब खाली हुन्छ’ ।
रवि लामिछाने कांग्रेसतिर नलागेकै कारण उनलाई फसाउन खोजेको दाबी ओलीले गरे । उनले भने, नेपाली कांग्रेस तीर रवि लामिछाने र उनको पार्टी लागेन, त्यसैले रबि लामिछानेलाई बदनाम गर्न खोज्ने फसाउन खोज्ने काम गरिएको छ’।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे