
काठमाडौँ, १५ वैशाख — हाल देशभर पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था कायम छ। बागमती प्रदेशका केही स्थानहरू साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान अनुसार सोमबार कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा थोरै स्थानहरूमा मेघगर्जनसहित चट्याङ र हावाहुरीको सम्भावना रहेको छ। बाँकी भू–भागका एक–दुई स्थानमा पनि यस्तै अवस्था देखिन सक्ने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे