
काठमाडौँ , २४ वैशाख । हाल देशमा मौसममा केही परिवर्तन देखिएको छ। मौसमविद्हरूका अनुसार अहिले पश्चिमी र स्थानीय वायुले प्रभाव पारेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको भिजेको हावाले पनि मौसममा थोरै असर पारेको छ।
आज दिउँसो देशका पहाडी क्षेत्रहरूमा आकाश केही बादलले ढाकिएको रहनेछ भने अन्य ठाउँमा मौसम खुलेको रहने सम्भावना छ। कोशी र सुदुरपश्चिम प्रदेश तथा अन्य पहाडी क्षेत्रका केही ठाउँमा गडगडाहट र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। हिमाली क्षेत्रका केही ठाउँमा हल्का पानी र हिउँ पर्ने सम्भावना छ।
आज राति पनि पहाडी ठाउँहरूमा आकाश आंशिक बादलले ढाकिएको रहनेछ र अन्य ठाउँमा मौसम सफा रहने देखिन्छ। कोशी प्रदेश र अन्य पहाडी क्षेत्रका एक(दुई ठाउँमा गडगडाहट, चट्याङसहित वर्षा हुन सक्छ। हिमाली भागमा पनि हल्का पानी र हिउँ पर्ने सम्भावना रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे