
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसका कारण तराईका धेरै ठाउँ र काठमाडौँ उपत्यकामा बिहान हुस्सु लागेको जल तथा मौसम विभागले जनाएको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा भने आंशिक बदली देखिएको छ।
मौसम पूर्वानुमान अनुसार आज दिउँसोसम्म तराईका केही स्थानमा हुस्सु रहन सक्छ। पहाडका अधिकांश भागमा आंशिक बदली र तराईमा प्रायः मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ।
आज राति पनि तराईका केही ठाउँमा तुँवालो लाग्ने सम्भावना छ। तत्काल वर्षा नहुने भएकाले तराई र उपत्यकामा वायु प्रदूषण कायमै रहने देखिन्छ। मौसम प्रतिकूल हुन सक्ने भएकाले सबैलाई सतर्क रहन मौसम विभागले आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे