
काठमाडौँ , १४ असार | आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मदन भण्डारी फाउन्डेसनले आज उनको जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमको आयोजना गरेको छ ।
वि।सं।२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको वि।सं। २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो।
विसं २०४९ माघ १४–२० मा सम्पन्न भएको एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीले प्रस्तुत गरेको र पारित भएको ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे