
काठमाडौँ — स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया देखेर “लाज पनि लजाउने” अवस्था आएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभामा बोल्दै उनले सिफारिस समितिमा बारम्बार सदस्य फेरबदल हुनु, योग्य व्यक्तिलाई बेवास्ता गरिनुजस्ता कुरा देख्दा सरकारलाई लाज लाग्नुपर्ने बताए।
उनले गभर्नर जस्तो जिम्मेवार पदमा राजनीतिक दलका कार्यकर्तालाई नियुक्त गर्ने गलत परम्परा बस्दै गएकोमा चिन्ता व्यक्त गरे। “राष्ट्र बैंकको ऐनले नै राजनीतिक दलका सदस्य गभर्नर हुन नसक्ने भनेको छ,” सिंहले भने।
उनका अनुसार राष्ट्र बैंकभित्रै योग्य विज्ञहरू छन् र हालका डेपुटी गभर्नरलाई नै गभर्नर बनाउन कुनै समस्या छैन। “महिला भएकै कारण बनाउनु मिल्दैन र? कर्मचारी भएकाले बनाउनु हुँदैन?” उनले प्रश्न गरे। साथै, सर्च कमिटीलाई पनि मजाक बनाइएको भन्दै उनले समितिमा बारम्बार हेरफेर र राजनीतिक चलखेल भएको आरोप लगाए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे