
लुम्बिनी — लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ। प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार, बैठक नेपालको संविधानको धारा १८३(१) अनुसार आह्वान गरिएको हो।
यसअघि लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गते बैठक बोलाउन सिफारिस गरेको थियो। उक्त सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचन (घर्ती) ले अधिवेशन आह्वान गरेका हुन्।
आजको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने, शुभकामना अदान–प्रदान गर्ने, र सांसदहरूको सम्बोधन हुने कार्यक्रम तय गरिएको छ।
प्रदेश सरकारले आगामी जेठको पहिलो सातातिर नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरिरहेको जानकारी पनि प्राप्त भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे