
काठमाडौँ ,१ पुस | आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । हिजो बिहीबार प्रतितोला एक लाख ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबारको तुल्नामा आज शुक्रबार सुनको मूल्यमा ४ सय रूपैयाँ घटेको हो ।
तेजावी सुन प्रतितोलामा ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे