
काठमाडौँ , ९ चैत | नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ७ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १२ सयले बढेर एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ८ हजार ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसै, चाँदीको मूल्य पनि बिहीबार २५ रूपैयाँले बढेर १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे