
काठमाडौं , माघ १३। साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ११ सय रूपैयाँले घटेर एक लाख ५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार ३८० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे