
काठमाडौँ , २ फाल्गुन |नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले घटेको छ।
अघिल्लो दिन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार आठ सय रुपैयाँ तोकिएको छ।
तेजावी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँ छ।
यता, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे