
काठमाडौँ, चैत ३ । आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहिबार सुनको मूल्य प्रति तोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३ सय १० रुपैयाँ कायम भएको छ। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय १० रुपैयाँ रहेको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे