
काठमाडौँ, फागुन ३ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाला सुन प्रतितोला एक लाख तीन हजार छ सय तोकिएको छ । हिजो एक लाख तीन हजार आठ सयमा कारोबार भएको सुन आज प्रतितोला दुई सयले घटेको छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ ले घटेर एक हजार दुई सय ९० तोकिएको महासङ्घले जनाएको छ । म
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे