
काठमाडौँ , ८ चैत | निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ। तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनका लागि आयोगले बुधबारदेखि दल दर्ता गर्न लागेको हो ।
रिक्त भएका तीन प्रतिनिधि सभा सदस्य पदका लागि वैशाख १० मा उपनिर्वाचन हुँदैछ। रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली रहेको तनहुँ क्षेत्र नम्बर १, रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि खालीरहेको बारा क्षेत्र नम्बर २ , रवि लामिछानेको सांसद पद गएपछि खाली रहेको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे