
काठमाडौँ, १२ चैत। गएको साताको अन्तिम कारोबारमा १८ दशमलव १५ अंकले घटेको शेयर बजारमा आज आइतबार भन्डै २७ अङ्कले घटेर १८ सय विन्दुमा आइपुगेको छ । साताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से २६ दशमलव ८७ अङ्कले घटेर १ हजार ८८८ दशमलव २७ विन्दुमा झरेको छ ।
यसदिन २५९ वटा कम्पनीका ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
अधिकांश सुचाङ्कहरु घटेको शेयर बजारमा आज माइक्रोफाइनान्सको शेयर उच्च अंङ्कले घट्दा जलविद्युत् र बीमा समूहको शेयर पनि ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
यसदिन सबैभन्दा जिबन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र युनियक नेपाल लघुवित्त र महिला लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै मायाखोला जलविद्युत् र एसियन हाइड्रोपावरको शेयर भने १० प्रतिशतले बढेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे