
काठमाडौँ, १३ चैत। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको नाबालिक बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउनआदेश गरेपछि जिल्ला अदालत काठमाडौँमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ ।
लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो ।
सन्दीपविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ । सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै भदौ २१ मा गौशला प्रहरीमा जाहेरी दिएकी थिइन् ।
कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, जिल्लाको आदेश विरुद्ध सन्दिपले उच्च अदालत पाटनमा दिएका थिए । उनलाई उच्चले २० लाख धरौटी र विभिन्न शर्तसहित जेलमुक्त गरेको थियो ।
लगत्तै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई लगाइएको निलम्बन फुकुवा गरेको थियो । नेपालमा सम्पन्न भएको त्रिकोणात्मक एकदिवसिय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका लामिछानेले यूएईमा जारी सिरिज खेल्न जान अनुमति माग्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । उनलाई सर्वोच्चले विदेशमा खेल्न जान अनुमति दिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे