
काठमाडौँ, १५ वैशाख — प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक नियुक्तिबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौँमा २६ दिनदेखि जारी शिक्षक आन्दोलनका माग सम्बोधनबारे निर्णय हुनसक्नेछ। गभर्नर नियुक्तिमा कांग्रेस र एमालेबीच मतभेद देखिए पनि शनिबार बालुवाटारमा बसेको छलफलपछि सहमति जुटेको बुझिएको छ। बैठकमा अन्य समसामयिक विषयमा पनि निर्णय हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे