
काठमाडौँ , पुस ५ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले जिल्ला प्रशासन कार्यालय गुल्मीमा तोडफोड गरेका छन्। उनले विकट गाउँबाट आएका सेवाग्राहीलाई सहज सेवा नदिएको भन्दै कार्यालयको स्क्यानर फुटाइदिएका थिए। उनले आरोप लगाउँदै भने कि तीन दिनसम्म राहदानीका सेवाग्राहीलाई झुलाएर दुख दिइएको थियो। स्क्यानरको क्षति पछि, राहदानी सेवा ठप्प भएको र नयाँ स्क्यानर मगाउनु पर्ने छ, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिएका छन्।
अध्यक्ष थापाले विकट स्थानबाट आएका नागरिकलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनका अनुसार, कालीगण्डकीका सेवाग्राहीलाई राहदानी बनाउनका लागि तीन दिनसम्म बस्नुपर्ने अवस्था दुस्खद छ। शुक्रवारका लागि टोकन लिएका केही सेवाग्राहीलाई समय र पैसा खर्च गरेर फर्कनुपरेको थियो।
नेपाली काँग्रेसका जिल्ला सचिव जगदीश भट्टराईले विकटका नागरिकसँग उचित व्यवहार नगरेको आरोप लगाए। नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले भने समस्यालाई तोडफोडको बजाय वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन्।
थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले केहीबेर नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई लिखित रुपमा माफी मगाएर र क्षति भएको स्क्यानर मेसिन किनिदिन सहमत गराएर बिहीबार बेलुकी नै छोडिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे