
काठमाडौँ ,२३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछाने विरूद्धको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ। साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि उनी आज बिहान चितवन अदालत उपस्थित भएका हुन् ।
उनको आजै अदालती बयानको तयारी छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय हुनेछ ।उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा हिजो मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो। १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे