
काठमाडौँ, कात्तिक १ । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको ११ दिनपछि शव संकलन गरेर आज काठमाडौं ल्याइएको छ । आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रुसी पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौँ लगिएको छ । एयर अल्टिच्युडको हेलिकोप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए ।
इटली आधार शिविरबाट शवलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको बताइएको छ । कठिन भूगोल र प्रतिकुल मौसमका कारण एक हप्तादेखि शव उठाउन सकिएको थिएन । उनीहरू सात हजार सात सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे