
काठमाडौँ , २६ वैशाख । गणेश थापालाई एन्फाको साधारण सभास्थलमा प्रवेश गर्न नदिएपछि तनाव भएको छ । भर्खरै सुरु भएको साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई भने प्रवेशमा रोक लगाएको छ । धुलिखेलमा सुरू भएको एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई रोक लगाइए पछि प्लेकार्ड प्रदर्शन गरिएको हो । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा०ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि उनी निष्कृय थिए । १० बर्षे प्रतिबन्ध फुकुवा भए पछि उनी पहिलो पटक एन्फाको साधारणसभामा सहभागी हुन लागेका हुन् ।
उच्च अदालत पाटनको आदेश बोकेर जाँदा पनि एन्फा पदाधिकारीले उनलाई प्रवेश गर्न नदिए पछि धुलिखेलको माहौंल यतिखेर गर्मागर्मी भएको छ। थापाले भ्रष्टाचार गरेको, घुस लिएको ताथ विभिन्न धारा उल्लंघन गरेको ठहर फिफाको अनुशासन समितिले उनलाई दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवानागरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे