
काठमाडौं। देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने निर्णय गरेका छन्। नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गर्दै विभिन्न स्थानबाट शिक्षकहरूको आगमन जारी राखेको छ।
महासङ्घले २० माघदेखि जारी आन्दोलनलाई ‘काठमाडौं जाऔं अभियान’को रूपमा अघि बढाउँदै अनिश्चितकालीन शैक्षिक आन्दोलन सुरु गरेको हो।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न राज्य पक्षलाई दबाब दिने उद्देश्यले आन्दोलनको घोषणा गरिएको महासङ्घको भनाइ छ। यस आन्दोलनमा देशभरका शिक्षक र कर्मचारीको व्यापक सहभागिता रहने अनुमान गरिएको छ। शिक्षक र कर्मचारीहरूले विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट फर्किने छैनन्, महासङ्घले जनाएको छ।
आज दिउँसो विभिन्न स्थानबाट ¥यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम छ। प्रदर्शन अपराह्न ४ बजेसम्म माइतीघरबाट बानेश्वरसम्म हुनेछ। भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर-बानेश्वर सडक खण्डमा प्रदर्शन र भेला जारी राख्ने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे