
काठमाडौँ । यस हप्ताको सुरुमा काबुलमा भएको हवाई आक्रमणपछि अफगानिस्तान र पाकिस्तानबीचको तनाव बढ्दै गएको छ। अफगानिस्तानको तालिबान सरकारले भनेको छ कि सीमा क्षेत्रमा भएको रातभरको कारबाहीमा उनीहरूले ५८ पाकिस्तानी सैनिक मारिएका र ३० भन्दा बढी घाइते पारेका छन्। साथै ठूलो मात्रामा पाकिस्तानी हतियार पनि कब्जा गरिएको तालिबान पक्षको दाबी छ। तर सोही भिडन्तमा नौ जना तालिबानी सैनिक पनि मारिएका र झण्डै एक दर्जन घाइते भएको जनाइएको छ।
पाकिस्तानले भने तालिबान सरकारको यस दाबीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यसबीच, कतार र साउदी अरेबियाको आग्रहपछि अफगान सेनाले कारबाही रोकिएको तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन्।
अफगान पक्षले कुनार र हेलमन्ड प्रान्तका सीमामा तीनवटा पाकिस्तानी चौकी कब्जा गरेको दाबी गरेको छ भने पाकिस्तानका सरकारी मिडियाले भने आफ्नो सेनाले १९ वटा अफगान चौकी कब्जा गरेको जनाएको छ। पाकिस्तानी टेलिभिजनले देखाएको भिडियोमा अफगान चौकीहरू जलिरहेको र केही तालिबान लडाकुहरूले आत्मसमर्पण गरिरहेको दृश्य प्रसारण भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे