
काठमाडौँ , ६ माघ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा लागेका पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा मुद्दा दायर भएको थियो ।
कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका उनी काठमाडौंमा पनि मुद्दा रहेकाले आज आफैं अदालत हाजिर भएका हुन् । यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे