
काठमाडौँ , २५ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक आदेश आज आउने सम्भावना छ। जाहेरवाला र प्रतिवादी तर्फका वकिलहरूको थुनछेक बहस सकिएको छ, र सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने तयारी छ। आज जिल्ला न्यायाधीश नितिज राईले आदेश जारी गर्ने अपेक्षा गरिएको छ। सरकारी वकिल राजन खनालका अनुसार, बहस सकिएपछि साँझसम्म आदेश आउने सम्भावना छ, तर बहसको अवधि कति लामो हुनेछ भन्ने अनुमान गर्न सकिँदैन।
बुधबार जाहेरवालाको तर्फबाट वकिल रमण कर्ण, राम घिमिरे र वेदबहादुर विष्टले जवाफी बहस गरेका थिए। पीडित वकिलहरूले आरोप लगाएका छन् कि सबैलाई पूर्पक्षका लागि थुनामा राख्नु पर्छ। यसअघि प्रतिवादी रामबहादुर खनालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादुर थापाले बहस गरेका थिए। कृष्णबहादुर गुरुङ र अन्य पक्षबाट पनि वकिलहरूले थुनछेकको पक्षमा बहस गरेका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको बारेमा ‘छुट्लान कि जेल जाने’ भन्ने जिज्ञासा बढेको छ। पार्टीका नेता उत्तम प्रसाद पौडेलले बिहीबार साँझसम्म लामिछाने हिरासतमुक्त हुने दाबी गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे