
काठमाडौँ ११ चैत | वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले इलाम २ का लागि उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
इलामस्थित एमालेले चैत ५ मा सुहाङसहित छ जनाको नाम केन्द्रमा उम्मेदवारका लागि सिफारिस गरेको थियो । गत भदौ २६ गते एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त छ। सुहाङ एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्बाङका कान्छा छोरा हुन्।
गत भदौ २६ मा हृदयघातका कारण सुवासको निधन भएको थियो । सुहाङ एमाले कानुन विभाग सदस्य छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे