
काठमाडौँ ३ पुस । विनोद भण्डारीको अर्धशतकीय पारीसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग ९एनपिएल० को फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरको त्रिवि मैदानमा बुधबार भएको पहिलो क्वलिफायर खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो। १४० रनको लक्ष्य पछ्याउँदै सुदूरपश्चिमले १८।३ ओभरमा दुई विकेट गुमाएर १४१ रन बनायो।
ओपनर विनोद भण्डारीले ५५ बलमा ५५ रन बनाउँदै सुदूरपश्चिमको जितमा महत्वपूर्ण योगदान पुर्याए। सईफ जैवले ३२, ब्रान्डन म्याकमुलेनले २५ र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित २० रन बनाए। जनकपुरका ललित राजवंशी र किशोर महतोले एक एक विकेट लिएका थिए।
यसअघि, कर्णालीले चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो। सुदूरपश्चिमले शनिबार फाइनलमा कर्णाली याक्स वा जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे