
काठमाडौँ , ११ वैशाख । भारतको जम्मु कश्मीरमा आतङ्कवादी हमलामा परी मृत्यु भएका सुदिप न्यौपानेको शव बिहीबार बिहान बुटवल ल्याइएको छ । बुटवल उपमहानगरपालिका वडा नंं। ११ मा बसोबास गर्दै आएका २७ वर्षीय सुदिप न्यौपानेको आजै दाहसंस्कार गर्ने परिवारजनले जनाएका छन् ।
उनका आफन्तका अनुसार पश्चिम नवलपरासीसँग सीमा जोडिएको त्रिवेणीमा आजै अन्त्येष्टि गर्न लागिएको हो । सुदिप सहित आमा, बहिनी र ज्वाइँको टोली चार दिनअघि शनिवार भारतको जम्मु काश्मीर घुम्न घरबाट भारततर्फ प्रस्थान गरेका थिए ।
जम्मू–कश्मीरस्थित पहलगाममा मङ्गलवार पर्यटकको समूहमाथि भएको आक्रमणमा सुदिप पनि परेका थिए । २७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरमा घुम्न गएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे