
काठमाडौँ , २६ वैशाख । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ । सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीचको सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षालगायत पर्नसक्ने सम्भावित समस्याप्रति सचेत भई आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् । सभामुख घिमिरिले भने, ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न – गराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’
आजको बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीचको तनावबाट नेपालमा पर्नसक्ने सम्भावित प्रभावबारे सरकार सचेत हुनुपर्नेमा जोड दिँदै आवश्यक तयारी थाल्न सुझाव दिएका थिए। सांसदहरूले भारत र पाकिस्तानबीच जारी तनावले नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे सरकारसँग जानकारी मागेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे