
कपिलवस्तु , चैत १२ | आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको अभियोगमा बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जिवन केसीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे