
काठमाडौं । समाजवादी मोर्चाले आज काठमाडौंको प्रदर्शनी मार्गमा प्रदर्शन गर्ने तयारी गरेको छ। मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरिसकेको हुँदा क्षेत्रीय सवारी साधनहरूलाई वैकल्पिक मार्गतर्फ डाइभर्ट गरिएको छ।
समाजवादी मोर्चामा आबद्ध दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी तथा विप्लव नेतृत्वको नेकपा रहेका छन्।
यसैबीच, राजावादी समूहले पनि आजै काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ। दुवै समूहको प्रदर्शनले उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौती उत्पन्न गराउने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे