
रौतहट , २ चैत | रौतहटमा मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको छ ।
गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ। साहको कन्चटमा गोली लागेको उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।
मोटरसाइकलमा हतियारसहित आएका लुटेराहरूले करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे