
काठमाडौँ , १५ चैत । गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले आज काठमाडौमा बेग्लाबेग्लै प्रदर्शन गर्दैछन् । आजको छुट्टाछुट्टै प्रदर्शन गर्न लागेपछि सुरक्षा सतर्कता बढाइएको छ । राजावादीहरुको जुलुस चक्रपथभित्र प्रवेश गर्न नदिने र समाजवादी मोर्चाको जुलुसलाई चक्रपथभित्र केन्द्रित गर्ने गरी सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ । चैत ७ देखि चलिरहेको एसईई नरोकिने भए पनि केही विद्यालयले भने सूचना निकालेर पठनपाठन भइरहेका विद्यालय बन्द हुने जनाएका हुन् । एसईई ११ बजेसम्म सञ्चालन हुने भएकाले १२ बजेपछि मात्रै प्रदर्शन शुरू हुने समाजवादी मोर्चाले जनाएको छ ।
राजावादीहरुको प्रदर्शन पनि ११ बजेपछि शुरू गर्ने तयारी छ । प्रदर्शनका कारण सवारी आवागमन र सुरक्षामा समेत असर पर्नसक्ने भन्दै केही विद्यालयहरूले बन्द गर्ने निर्णय गरेका हुन् । तर, प्याब्सन र एनप्याब्सनले भने आधिकारिक रूपमा शैक्षिक संस्था बन्दको कुनै निर्णय नभएको जनाएका छन् । राजावादीलाई रिङरोडबाहिर मात्रै जुलुस निकाल्न दिइने प्रशासनले जनाएको छ ।
राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दैछन् भने गणतन्त्रवादीहरूको प्रदर्शनका लागि भृकुटीमण्डप तोकिएको छ । समाजवादी मोर्चामा आवद्ध भएका नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।आज दुवैै पक्षको प्रदर्शनबाट हुनसक्ने भिडन्तलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे