
काठमाडौं । स्वर्गीय सुरेन्द्र बहादुर बस्नेत सम्मान एवम पुरस्कार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई प्रदान गरिएको छ । बुध्द एयर तथा सर्वोच्च अदालत बार एसोसिएसन, नेपालद्वारा स्थापित उक्त पुरस्कार शनिबार प्रदान गरिएको हो । पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ ।
हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायको क्षेत्रमा सुधार,अन्वेषणलगायत विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले गत वर्षबाट मात्रै बुद्ध एयरले तीन लाख रुपैयाँ राशीको पुरस्कार स्थापना गरेको थियो ।
सुरेन्द्र बहादुर बस्नेत बुध्द एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश तथा अधिवक्ताका रुपमा समेत कार्यरत थिए ।उनी निर्वाचन आयोगको प्रथम आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष पनि थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे