
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार उच्चस्तरीय सुरक्षा परिषद्को आकस्मिक बैठक सम्पन्न भएको छ। बैठकमा भारत र पाकिस्तानबीच बढ्दो युद्ध सम्भावनाको पृष्ठभूमिमा नेपालमा पर्न सक्ने सम्भावित प्रभावबारे विस्तृत छलफल भएको छ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल तथा नेपाली सेनाका प्रधानसेनापति जनरल अशोकराज सिग्देललगायत उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
सुरक्षा परिषद्को बैठकअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठकसमेत बसेको थियो। दुबै बैठकमा सम्भावित क्षेत्रीय तनावले निम्त्याउन सक्ने रणनीतिक, आर्थिक र मानवीय असरहरूको मूल्याङ्कन गरिएको जानकारी स्रोतले दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे