
काठमाडौं, १७ जेठ । अत्याधिक गर्मी बढ्दै गएपछि रौतहटका चारवटा पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा बन्द भएका छन् ।
गर्मीका कारण विद्यालयको कक्षा कोठामा बसेर पठनपाठनमा समस्या आएको भन्दै गौर, कटहरिया, ईशनाथ र गरुडा नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि गौर नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएको छ ।
गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको गौर नगरपालिकाका मेयर शम्भु साहले बताए । उनले गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्नसक्ने भएकाले विद्यालयमा बिदा दिइएको बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे