
काठमाडौँ , ३ माघ । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु आक्रमण भएको छ । उनी आफ्नो परिवारसँग घरमा शान्तिपूर्वक सुतिरहेका बेला एक अज्ञात व्यक्तिले उनको अपार्टमेन्टमा प्रवेश गरी चक्कुले आक्रमण गरे। । ति व्यक्ति चोरी गर्नका लागि शैफको मुम्बई, बान्द्रस्थित घरमा छिरेका थिए । सैफलाई यतिबेला मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएका छन् । त्यहाँ उनको शल्यक्रिया भइरहेको छ ।
उनलाई चक्कुले ६ पटकसम्म प्रहार गरिएको बताइन्छ । सैफको घाँटी र मेरुदण्डको नजिक गहिरो चोट लागेको छ । सैफ अली खानमाथि यो आक्रमण बिहीबार राति लगभग २ बजे भएको थियो। एक चोरले उनको घरमा पसेर अभिनेतामाथि ६ पटक चक्कु प्रहार गरे। चक्कु आक्रमणबाट अभिनेतालाई धेरै चोट लागेको छ। सैफ अली खानलाई सबैभन्दा धेरै घाँटी र मेरुदण्डमा चोट लागेको छ। चोरसँगको घम्साघम्सीमा सैफका घरेलु कामदारलाई पनि सामान्य चोट लागेको छ ।
सैफमाथि यो आक्रमण उनका बच्चा तैमूर र जेहको कोठामा भएको थियो । आक्रमणकारी कसरी घरभित्र प्रवेश गरे र त्यहाँसम्म पुगे भनी प्रहरीले अनुसन्धान गरिरहेका छन् । ति व्यक्ति पहिले नै घरभित्र थिए वा बाहिरबाट आए भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे