
काठमाडौँ , १३ चैत ।सत्ता पक्षीय दलका शीर्ष नेताको बैठक बालुवाटार बसिरहेको छ। बैठकमा सङ्घीय संसद्मा विचाराधीन विधेयकहरूलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्याउन पहल गर्ने विषयमा छलफल हुने बुझिएको छ।
सरकारले भूमिसम्बन्धी अध्यादेश पुनः अघि बढाउने प्रयास गरेको छ। मंगलबार पनि सत्ता गठबन्धनका दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको थियो।
आजको बैठकमा जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन्, जो हिजोको बैठकमा उपस्थित थिएनन्। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएकोमा विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ । प्रधानमन्त्रीसँग जबाफ माग गरेका थिए ।बस्नेतले प्रधानमन्त्रीको जवाफ माग गरे । उनले भने ‘हामी चाहन्छौं( सरकारले यो निर्णय ९कुलमान घिसिङलाई हटाउने निर्णय० फिर्ता गरोस् । साथै, यसबारेमा प्रधनमन्त्रीले संसदमा आएर तत्काल गराउनुपर्छ’ । सांसद बस्नेतले आफ्नो भनाइ सक्ने बित्तिकै प्रतिपक्षी सांसदहरुले पुनः उठेर विरोध जनाएका छन् । सभामुख घिमिरेले विरोधका बीच सदन ३० मिनेटका लागि स्थगन गरेका छन् । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।तर, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित छैनन् ।
प्रधानमन्त्री सत्ता गठबन्धन बैठकमा बालुवाटारमा थिए। यसअघि, जसपा र लोसपाले भूमि अध्यादेशमा असहमतिपछि सरकारले यसलाई रोक्दै अन्य अध्यादेश अघि बढाएको थियो। प्रधानमन्त्री ओलीले हिजोको बैठकमा जसपा र लोसपाको आपत्ति र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा नेताहरूको राय मागेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे