
काठमाडौँ , १७ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, शिक्षक आन्दोलन, चिकित्सक आन्दोलनलगायतका राष्ट्रिय राजनीतिका विषयमा छलफलमा गर्न यो बैठक बोलाइएको हो ।
बैठकमा एमालेबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल महासचिव शंकर पोखरेल, उपमहासचिव द्वय प्रदीपकुमार ज्ञवाली र विष्णुप्रसाद रिमाल सहभागी छन्। यस्तै नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा सहभागी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे